G
N
I
D
A
O
L
च्युओउ प्राविधिक विद्यालय ओसाका पुल प्रणाली इन्जिनियरिङ

पाठ्यक्रम परिचय

पुल प्रणाली इन्जिनियरिङको बारेमा

पुल प्रणाली इन्जिनियरिङको
रोजगारको अवसरहरु!!

वास्तुकला, CAD र प्रोग्रामिङ बारे अध्ययन गरिन्छ। स्नातक पछि,निर्माण, उत्पादन र IT-सम्बन्धित कम्पनीहरूमा रोजगारी प्राप्त गर्न सकिनेछ। आफ्नो देश र जापान बीचको पुलको रूपमा काम गर्ने दक्ष प्राविधिक जनशक्ति तयार गरिन्छ। सामान्य निर्माण इन्जिनियर, CAD अपरेटर, प्रणाली इन्जिनियर, प्रोग्रामर र IT कम्युनिकेटरको रुपमा जागिर गर्नसक्ने लक्ष्य राख्दछौँ।

सिकाइकाविशेषताहरू

१.आर्किटेक्चर

पहिलो वर्षदेखि, तपाईं CAD कक्षाहरूमा आर्किटेक्चरल डिजाइनको बारेमा सिक्न सक्नुहुनेछ। तपाईं निश्चित रूपमा निर्माण र विनिर्माणसाइटमा आवश्यक ड्राफ्टिंग ज्ञान प्राप्त गर्नुहुनेछ।
दोस्रो वर्षमा, तपाईं CAD प्रयोग गरि मेशिन डिजाइनको बारेमा सिक्न सक्नुहुनेछ र REVIT प्रयोग गरेर 4-तले अपार्टमेन्ट भवनहरू साथै काठका घरहरूको 3D नक्सा कोर्न सक्नुहुनेछ।

२.अंग्रेजीーTOEIC

अंग्रेजी वार्तालाप कक्षामा, अमेरिकी शिक्षकद्वारा अंग्रेजी वार्तालाप को अभ्यास गरिनेछ। यसले अंग्रेजीमा हाम्रो संचार कौशल सुधार गर्नेछ।TOEIC कक्षामा, TOEIC परीक्षाको लागि अध्ययन गरिनेछ।

३.व्यावसायिक शिष्टाचार

विद्यार्थीहरूले व्यावसायिक हुनको लागि आवश्यक व्यावसायिक शिष्टाचार साथै जापानीज संस्कारको बारेमा सिकाइनेछ। उदाहरणका लागि,तपाईंलाई कम्पनी साक्षात्कार अभ्यासको आधारभूत नियमहरू सिकाइनेछ। व्यावसायिक कार्डहरू आदानप्रदान गर्न सिकाइनेछ,पद अनुसारको बैठक नियमहरू,आदर सत्कार, भाषा र शब्द प्रयोगको नियमहरू,पोशाक र श्रृंगार,व्यापारिक तथा व्यावसायिक ईमेल लेख्ने तरिका, र मौसमी अभिवादन बारेमा सिकाइनेछ।

४.प्रोग्रामिंग

एक प्रणाली ईन्जिनियर(IT) वा प्रोग्रामरको रूपमा आवश्यक ज्ञान र सिप सिकिनेछ। पहिलो वर्षमा,SCRATCH प्रयोग गरेर साधरण गेमको प्रोग्रामिंग गरिन्छ। दोस्रो वर्षमा, HTML र javascript प्रयोग गरि website तयार गरिनेछ।

विद्यालयको परिचय

यहाँ उत्कृष्ट सिकाइवातावरण भएकोले आनन्दित वातावरणमा आरामसँग अध्ययन गर्न सकिनेछ।

कम्प्युटर PC

कक्षामा प्रयोग गर्नको लागि प्रत्येक विद्यार्थीलाई एक-एक ओटा कम्प्युटरको व्यवस्था गरियको छ।
विद्यार्थीहरू विद्यालयमा हुँदा कम्प्यूटरहरू स्वतन्त्र रूपमा प्रयोग गर्न पाउनेछन, जसले गर्दा काम खोज्न, CV लगायतको कागजपत्र तयार गर्न र अध्ययनको लागि प्रयोग गर्न सकिनेछ।
उदाहरणका लागि: वसन्त, शरद ऋतु, गर्मी र जाडो बिदाहरूमा विद्यालय आएर कम्प्युटर प्रयोग गर्न सकिनेछ।
वर्षभरि एउटै कम्प्युटर प्रयोग गरिने हुनाले आफ्नो डेटा सुरक्षित रहनुको साथै व्यक्तिगत कम्प्युटर जस्तो महसुस हुनेछ।

विद्यालयको खाजाघर

के व्यस्त दिनहरूमा घरबाट खाजा नल्याउदा पनि हुन्छ?
हुन्छ।
यदि तपाईं खाजाखाने छुट्टीमा पसल, सुपरमार्केट वा रेस्टुरेन्टमा जानुहुन्न भने पनि, तपाईं सजिलै विद्यालयको खाजाघरमा खाजा नास्ता किनेर खान सक्ने व्यवस्था छ।
घरबाट खाजाल्याउने विद्यार्थीका लागि खाना तताउने ओभन र तातोपानीको पनि व्यवस्था छ।

विद्यालयको आसपास

वरपरको वातावरण शान्त रमणीय छ।
विद्यालय संगै ठूलो र प्रशिद्द पार्क क्षेत्र हरियालीले घेरिएको शान्त ठाउँ र खेलमैदानहरु रहेको छन।?
हात्तोरी र्योकुची पार्क जहाँ हामी रमणिय र सुन्दर दृश्यहरूको साथ आफ्नो मन आनान्दित पार्न सक्नेछौ।

ओपन क्याम्पस विद्यालय आएर अथवा WEB बाटै पनि सहभागी हुन सकिन्छ।

आवेदन

समर्थन

पढाईसँग सम्बन्धित हरेक कुराको सहयोग र समर्थन गरिन्छ।

१.कोठा र part time कामको खोजी

टाढा बाट ओसाका आउने विद्यार्थीहरुको लागि कोठा र part time काम खोज्न विद्यालयले सहयोग गर्नेछ।

२.रेल भाडा

विद्यार्थी छूटभयको कम्यूटर पास किन्नको लागी विद्यालयबाट कम्यूटर पास प्रमाणपत्र प्राप्त गर्न सकिन्छ।

३.नोकरी को खोजी

शिक्षकहरुको सल्लाह र सुझावमा तपाईंले चाहे बमोजिमको जागीर खोज्न सक्नुहुनेछ। internship को व्यवस्था साथैCVलगायतको कागजपत्र तयार गर्न पनि सहयोग गर्नेछन।

४.VISAनवीकरण

VISA नवीकरणका लागि आवश्यक कागज पत्र तयार लगायतको काम गर्न सहयोग गर्नेछन।

विद्यालय शुल्क

पुल प्रणाली इन्जिनियरिङ

१.विद्यालय शुल्क

ओसाकाका सामान्य व्यावसायिक विद्यालयहरूको तुलनामा विद्यालय शुल्क औसत छ।
※विशेषताहरू: भ्रमण र प्रशिक्षण शुल्कहरू विद्यालय शुल्कमा समावेश गरियकोले अन्य शुल्क लाग्दैन।

ओपन क्याम्पसमा सहभागी हुनेहरूका लागि २०,००० येन को छनोट शुल्क मिनाहा हुनेछ।

यहाँ भएका सम्पूर्ण शुल्कहरु जापानीज येन(円)मा छन।
(यो २०२२ नोभेम्वरको जानकारी हो। हालसालको नयाँ विवरण जानकारीको लागि कृपया विद्यालयलाई सम्पर्क गर्नुहोला।)

२. छात्रवृत्ति

पहिलो सेमेस्टरमा शैक्षिक र गैर-शैक्षिक दुबै मापदण्डहरू पूरा गर्ने विद्यार्थीहरू विद्यालय शुल्कबाट केही रकम छुट हुनेछ।
सर्वोत्कृष्ट: १ जनालाई (१५०,०००येन) उत्कृष्ट: ३ जनालाई (१००,००० येन) सम्म
※(पढाई,परीक्षा,हाजिर,अतिरिक्त क्रियाकलापमा सहभागी इत्यदि बाट मुल्यांकन गरिनेछ।)

विद्यार्थीको भनाई

दयालु शिक्षकहरू साथै स्कूलको उपकरण नयाँ र आधुनिक छन,अन्तर्राष्ट्रिय वातावरणको कक्षाहरूले तपाईं हामीलाई विभिन्न देशहरूबाट आउने विद्यार्थीहरूसंग एक अर्काको संस्कृतिसंग घूलमिल गराउदछ।बोलचालको लागि जापानिज भाषा प्रयोग हुने भएकोले हाम्रो जापनिज धेरै राम्रो हुनेछ।

Joshi Raj

तपाईं एक्लो हुनुहुन्न,तपाईंले शिक्षकहरूको मद्दत पाउनुहुनेछ। शिक्षकहरूले जागिरभर्ती विज्ञापनको जानकारी, अन्तर्वार्ता अभ्यास, जागिरको जानकारि सत्रहरू, इत्यादिको लागि उचित सहयोग प्रदान गर्नेछन।

Pham Thi Ninh

JLPT N2 (N1)को अतिरिक्त,तपाईंले BJT,TOEICजस्ता परीक्षा उत्तीर्ण साथै सवारी चालक अनुमतिपत्र प्राप्त गरेमा काम खोज्न सजिलो हुनेछ।

Karki Prabhakar

विद्यार्थीहरू एक अर्कासंग राम्रोसँग घुलमिल हुँदै, कक्षाहरूमा सक्रिय रूपमा भागलि रमाइलो सँग अध्ययन साथै कामको वास्तविक अनुभव गर्न पाइन्छ।

Nguyen Thi Tra

कक्षाहरूको अतिरिक्त, स्वयंसेवक गतिविधिहरू,अध्ययन भ्रमणहरू र खेलकुद प्रतियोगिताहरू जस्ता अतिरिक्त क्रियाकलापहरूमा सहभागी हुने अवसरहरू छन।

Nguyen Van Minh

अहिले पुल प्रणाली इन्जिनियरिङमा अध्ययनरत छु। सुरुमा जागिर खोज्न कठिनाई महशुस भएको थियो तर शिक्षकहरुको सहयोगले जागिर प्राप्त गर्न सफल भएकोमा धेरै खुसी छु,शिक्षकहरुलाई हृदय देखिनै धन्याबाद प्रकट गर्दछु। अहिले अध्ययनरत साथै नयाँ भर्ना हुन लाग्नु भएको सबैलाई समयको सहि सदुपयोग गर्दै मेहनतका साथ अध्ययनलाई निरन्तरता दिनुहोस भन्न चाहान्छु।

Hansi Perera

कार्यक्रम